entertainment.updates

हेमन्तको "मेरो आकाश" भदौ दोस्रो साता आउने तयारी
छोटो समयमा थुप्रै प्रशंसकहरुको माया पाउन सफल गायक हेमन्त राणा यतिखेर विभिन्न साङ्गीतिक कार्यक्रममा त व्यस्त छन् नै साथमा आफ्नो नया गीति संग्रहको पनि अन्तिम चरणमा रहेका छन् । उनको तेस्रो संग्रहको नाम रहनेछ "मेरो आकाश" जुन संग्रहका गायक हेमन्त राणाका उही पुरानै शैलीलाई हामीले पाउने भएका छौ । जम्मा आठ ओटा गीत रहने यो संग्रह भदौको दोस्रो साता सार्वजनिक हुनेछ ।
"कुनै दिन" गीति संग्रह बिमोचन
संगीतकार टिका भण्डारी भण्डारीद्वारा संगीतवद्ध तथा गीतकार शेखर ढुंगेल द्वारा रचना गरिएको तथा विभिन्न गायक गायीका हरुको आवाज रहेको नेपाली आधुनिक गीतहरुको संग्रह तथा म्युजिक नेपाल को प्रस्तुति "कुनै दिन" गत शनिवार दिनको २ बजे मण्डला थीयेटर अनामनगरमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरियो ।
गायक डिज राज थाईल्याण्डमा
अहिलेका चर्चित गायक डिज राज आफ्नो सांगीतिक कार्यक्रमको लागी २०७० साल बैशाख २७ गते बिहान थाईल्याण्ड प्रस्थान गरेका छन । उनको पछिल्लो गीत मन साटिन्छ उमेरैमा ले एकाएक सफलता प्राप्त गरे पछि उनको विदेश यात्रा सहज हुन थालेको हो ।
गायक हेमन्त राना विदेश मा व्यस्त
गायक हेमन्त राना अहिले जापानका विभिन्न सहरहरुमा आफ्नो कार्यक्रममा ब्यस्त रहेका छन । उनले आफ्नो तालिका अनुसार गत मे ४,५ तारिखमा आफ्नो प्रस्तुति प्रस्तुत गरि सकेका छन भने आगामी ९ तारिख पुनः गर्दै छन् र अर्को साता काठमाडौँ फर्कने मिति समेत तय गरि सकेका छन तर उनि यहि मे महिनाको अन्त तिर हंकोंग तर्फ जाने कार्यक्रम बनाएका छन ।
राजेश पायल राइ दर्शन नमस्ते भाग २ ल्याउने तयारीमा
चर्चित गायक राजेश पायल राइ यति बेला दर्शन नमस्ते भाग २ ल्याउने तयारी गर्दै छन् जसमा १४ वटा गीत हरु रहने छन ।
रेश्माको नया गीति संग्रह ऋद्धि आउदै
गायीका रेश्मा सुनुवार को नया गीति संग्रह ऋद्धि बजारमा आउने तयारी भइ रहेको छ उनका अनुसार उनको यो पछिल्लो संग्रहमा नौ वटा गीतहरु रहने छ ।
कमल खत्रीको व्यस्तता
अहिलेका जल्दा बल्दा गायक तथा संगीतकार कमल खत्री निक्कै ब्यस्त छन । उनि द्वारा संगीतवद्ध गीतहरु निक्कै राम्रा भएका कारण उनि बाट प्रेरित कलाकार हरु उनि संग काम गर्न पछि लागि रहेका छन ।
आनन्द कार्कीको माया आउदै
आनन्द कार्की अहिले एक महिनाको लागि हंगकंग र युरोप भ्रमणमा छन् उनका अनुसार यो भ्रमण पश्चात १४ औ संग्रह माया सार्वजनिक गर्ने बताएका छन जसको सम्पूर्ण कामहरु सकिसकेको छ
ALL NEWS