entertainment.updates

आउँदो जुलाई ३० तारीख साँझको पलेँटीमा गायक फत्तेमानले तेश्रोपटक आफ्नो तन्नेरी गायनको जादू र्छर्ने भएका छन् । ७४ वर्ष उमेरका यी जोशिला गायकको पलेँटीमा यो तेस्रो प्रस्तुति हो । नेपालयको 'आर' शालामा हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटी श्रँृखलाको छैटौं वर्षो अर्धवाषिर्क कार्यक्रममा उनी प्रस्तुत हुने भएका हुन् । वाद्यवादकहरुसंग अभ्यासमा तल्लीन गायक फत्तेमानले भने- "यसपटक म फेरि पलेँटीमा आउने भएको छु । उमेर पाको भए पनि गाउने रहर जागै छ भनौं । यसपाली केही नयाँ गीतहरु पनि गाउनका लागि अभ्यास गरिरहेको छु । श्रोता, दर्शकको माया पाइरहेको छु । खुसी छु ।" यसपालीको पलेँटीमा यसभन्दा पहिले मञ्चमा प्रस्तुत नभएका गीतलाई प्राथमिकता दिइने कुरा पनि उनले जानकारी गराए । यसपाली महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचनादेखि लिएर कविवर माधव घिमिरे, रत्नशमशेर थापा, राममान तृषित, यादव खरेल, तिर्थराज तुलाधर, कालीप्रसाद रिजाल, मञ्जुल, बनीरा गिरी, तिर्थ श्रेष्ठ, विक्रम सुब्बा, अर्जुन पराजुलीलगायतका रचनाहरु उनले छानेका छन् । संगीतज्ञ अम्बर गुरुङ र नातिकाजीका सङ्गीतदेखि लिएर ज्ञानबहादुर, अमृतसम्मका धुनहरु समेटिएको यसपालीको कार्यव|mममा उनको पछिल्लो एलबम 'फत्तेमान ७०मा'का संगीतकार आभासका धुनहरु पनि प्रस्तुत हुने छन् । साथै यो पलेँटीमा फत्तेमान आफैले सिर्जेका धुनका गीत पनि सुन्न पाइने भएको छ ।
अभया एण्ड दि स्टिम इन्जन्स ले आफ्नो नया गीति संग्रह चाडै नै बजारमा ल्याउने भएका छन् जसको सम्पूर्ण कार्य सकी सकेको छ साथै यो एल्बम बजारमा आएपछि अर्को एल्बम को पनि तयारी स्वरूप केहि कार्य सकिएको छ भने केहि कार्य बाकी रहेको ले यो एल्बम बजारमा आउन अझै केहि समय प्रतिक्षा गर्नु पर्ने हुन्छ यो एल्बममा सम्पूर्ण गीतहरु अंग्रेजी भाषा को हुने बताएका छन

गीत कार यादव खरेल को नया अध्यत्मिक एल्बम "पूर्ण माधह्" यही भद्र १६ गते गुरुकुल मा एक भब्य कार्यक्रम गरी बिमोचन गर्ने कार्यक्रम रहेको छ

Nepathya’s new Album Aaina Jhyaal next week Nepathya's new album Aaina Jhyaal is soon to be released. A song called Joga le Hunhca bheta from the yet to be released album was made public yesterday (29th August) through more than 70 FM stations across the country. A short video clip of Nepathya's song – Joga le Hunhca bheta had also been made public through the Face Book earlier. The album comes at a time when the music market is suffering in Nepal. With physical sales going down and piracy picking up, Nepali music has seen a steep down fall in terms of physical sales. “We are aware of the fact that the market of physical sales is very poor, but we believe it will revive. It is not that there are no listeners, the problem lies in reaching the albums to the potential buyers.” Said Kiran. “There is a serious hole in music distribution system but I am optimistic it will improve once few good albums come to the market and people start demanding for it.” The current Nepathya album is being taken as Nepathya’s come back to main stream music after 7 years since it’s acclaimed album Bhedako Oon Jasto. With two social albums (Ghatana and Mero Desh) thereafter, Nepathya and Amrit have been involved with peace concert tour through Nepal during war, when people were reluctant to travel. Nepathya’s 9th album (Aaina Jhyaal), consists mainly of folk-rock numbers. The album is all set to be released on 9th September.

आज राष्ट्रिय नाचघर जमलमा राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा संबिधान सभा का सभाध्यक्ष सुबाश चन्द्र नेम्वांग द्वारा दुइलाख नगद सहित लाइफ टाइम अचिभमेन्ट अवार्ड उद्धव पौडेललाइ प्रदान गर्नु भएको छ

शुक्रबार साँझ बाहिर भदौरे झरी थियो र नेपालयको 'आर"शालाभित्र छाता मुनी ओतिने प्रेमीका प्रसंगसँगै जोडिएर सुमधुर धुनहरू गुञ्जिँदै थिए । विगत ६ वर्षेखि निरन्तरता पाउँदै आएको पलेँटीमा यासपाली मञ्चमा उपस्थित थिए गीतकार दिनेश अधिकारी । आरम्भमा दर्शकहरूलाई भित्रतिर आकषिर्त गरिरहेको हुन्छ दादरा तालमा बजेको स्फूर्त धुनले । पदीय कारणले प्राय औपचारिक पोशाकमा देखिने दिनेश जसरी आधा बाहुलाको र्सटमा अनऔपचारिक देखिन्छन् र कार्यक्रम पनि सहज र अनऔपचारिक रुपमै अगाडि बढ्छ । कार्यक्रम संचालकतिर इशारा गर्दै दिनेश आफ्नो अगाडिको मोबाइल फोन हातमा लिन्छन् र उपस्थित दर्शकलाई स्वागत गर्दै आफ्नो अभिव्यक्ति यसरी राख्छन् 'पलेँटीसित अब म पनि जोडिएको छु । म जस्तो आवाज नभएका गीतकारले पनि तपाईंहरू सामु आउने एउटा माध्यम भेटेका छौं । आज म साह्रै हषिर्त छु ।' दिनेशले विविध मूडका गीत रचेका छन् । उनका रचनामा मानवीय मनले महसुस गर्ने मिलन, बिछोड, विरहदेखि लिएर मस्तिष्कले पहिल्याउने सामाजिक सरोकारसम्म समेटिएका हुन्छन् । कार्यव|mमको पहिलो गीतले भने पीडालाई नै पछ्याएको हुन्छ । 'जीवन भनूँ त घात छ' गीतको पृष्ठभूमी र गायक भक्तराजसितको भेटका तितामीठा प्रसंग जोड्छन् दिनेश । भन्छन् 'एउटा गीतका निम्ति गीतकार, संगीतकार र गायक तीनैजनाको उित्तकै योगदान रहेको हुन्छ ।' प्रकाश गुरुङ, राम थापा र दिनेश सुब्बाका संगीत सिर्जनामा दिनेशका शब्दहरू उनिँदै कार्यक्रम अगाडि बढ्छ । दिनेश आफू प्रणयसूत्रमा बाँधिएको दिनलाई सम्झन्छन् र जीवनसंगिनी उषातिर हर्ेर्दै त्यसदिनको घटनालाई कोट्याउछन् 'हाम्रो बिहेको दिन थियो । नारायणगोपाल दाइ लगायत मेरा सबै सांगीतिक मित्रहरू उपस्थित भइसकेका थिए तर संगीतकार राम थापा र गायक प्रकाश श्रेष्ठ भोज सकिँनै लाग्दा मात्र आइपुगे । उनीहरू त मलाई उपहार दिन रेडियोमा 'मलाई नजरकोर् इशारा नदेऊ' रेकर्ड गर्नका कारणले ढिलो भएका रहेछन् । उनीहरूले उपहार दिएको त्योे टेप मसँग अझै सुरक्षित छ ।' सहज हाँसोमा टाउको हल्लाउँछन् दिनेश । कार्यक्रममा तीनवटा नयाँ धुन पहिलो पल्ट र्सार्वजनिक भएका थिए । तिनमा संगीतकार आभास र राजेन्द्र श्रेष्ठले संगीत भरेका हुन्छन् । एउटा गीतको प्रसंगमा दिनेश अधिकारी पाकिस्तानी गायक गुलाम अलीलाई सम्झन्छन् । उनलाई लागेको रहेछ यो गीतमा फेरि धुन भरिए हुन्थ्यो । कवि गोष्ठीमा कुनै बेला गीतको पनि चर्चा चले वाचनको छनोटमा पर्ने गीत मध्येको रहेछ यो । ओठभरि दुख्छ जीवन आँखाभरि दुख्छ हिडूँ भन्छु पैतालामा जिन्दगी नै दुख्छ शक्ति बल्लभ, प्रकाश गुरुङ र नारायणगोपाल हुँदै मध्यान्तरसम्म पुगेको कार्यक्रम गलैँचा कारखानामा तान बुन्ने युवतीको व्यथादेखि लिएर 'कहिले छायाँसँग' खसेका र कहिले मायामा फसेका सिर्जनामा तरिङ्गत थियो । मधयान्तरपछि गीतकार दिनेश झनै खुलेर रचनाकर्मप्रतिका आफ्ना धारणाहरु प्रष्ट्याउँथे र उनकै छेउमा पलेँटी कसेर गाइरहेका गायक गायिका सुरज र मीनालाईर् इशाराले प्रशंसा गर्थे । कार्यक्रममा अम्बर गुरुङ, नातिकाजि, गोपाल योञ्जन, दीव्य खालिङ र न्हृयू वज्राचार्यसितका सर्न्दर्भहरू त जोडिएर आए नै । दीव्य खालिङले नारायणगोपाललाई भेट्न लिएर गएको र नारायणगोपालले गीतमा रहेको कुनै एउटा शब्द परिवर्तनको लागि छलफल गरेकोमा आफू सहमत हुँदाहुँदै पनि संगीतकार र गायकको विवादले झण्डै आफ्नो रचनाले नारायणगोपालको आवाजबाट बन्चित हुनु परेको प्रसंग रोचक थियो । साथै शब्दमा त्यतिधेरै सचेत नारायणगोपालले नै गाएको गीत 'तिमी जुन रहरले' गीतमा 'राताम्य' को ठाउँमा 'रक्ताम्य' भएर रर्ेकर्ड हुन पुगेको सर्न्दर्भ पनि रोचक थियो । दिनेशले पलेँटीमा भने त्यो गल्तिलाई सच्याउन पाएकोमा खुसी पनि व्याक्त गरे । कार्यक्रममा दिनेश गीतकारका रुपमा त छँदै थिए । उनले कविको आफ्नो परिचयलाई पनि प्रभावशाली ढंगले प्रस्तुत गरे । बाजाहरूको सुर मिलाउँदै गरेको अवस्थालाई छोपेर कार्यक्रम संचालन गरिरहेका संगीतकार आभासले अनुरोध गरे 'दिनेश दाइ ! मौकाको फाइदा उठाउँ न । एउटा कविता सुनौं !' दिनेशले कविता सँग्रहको पाना पल्टाएर छाने 'बिहे' शिर्षकका दुइवटा छोटा प्रसङ्ग । कवितामा बिहे हुनु पहिले एउटै छाता मुनी ओतिएका प्रेमी जोडीको मनस्थिति र बिहेका केही वर्षछि एउटै छाता मुनी ओतिँदा तिनै जोडीमा देखिने विपरित मनस्थितिलाई प्रभावशाली ढंगले समेटिएको हुन्छ । फेरि गीतमै र्फकँदा गीतले पनि त्यस्तै अवस्था शंकेत गरे झैँ लाग्थ्यो तिमी जुन रहरले ममा फुल्न आयौ सबै सुख हराए सधैं चोट पायौ यसरी 'आर'शाला भित्रको पलेँटीमा छाता मुनी र छाता बाहिरका प्रेमीको मनोदशाका अनेकौं कोणको सिर्जनात्मक वर्ष भइरहँदा बाहिर आकाश अझैै पनि थाकेको थिएन तर रात छिप्पिँदै गएकोले होला बाटोमा छाता मुनी ओतिने प्रेमी जोडीहरू पनि देखिन्नथे ।

यो एल्बमको नाम यस्तो हुनुमा एउटा कारण पनि रहेको छ । १९७४ एडी समूह सदस्यहरु मध्ये तीन जना, संजय, मनोस, र एडि्रयनको १८ तारिख जन्म दिन र निराकरको ८ तारिख जन्मदिन पर्नुका साथै उनिहरुको यो एल्बम पनि आठौ भएको हुनाले यस एल्बमलाई ८१८ नामाकरण गरिएको बताएका छन ।

A glimpse of a new track from Nepathya's unreleased album has been made public to the fans of Amrit Gurung through his Face Book page. A short video clip of Nepathya's song – Joga le Hunhca bheta has been made public through the Face Book. Amrit had asked for 100 responses to his question in the Face Book and had promised to post the clip of his song. All it required was overnight to make him obliged to fulfill his promise. The response to this posting has been overwhelming as well. “I am glad people liked this song.” Said Amrit as he browsed through his Face book page. ‘I was told there were numerous pages on face book related to Nepathya and me which is run by other fans. So, I thought of having my own page by my name under the musician/band category. In addition, Nepathya’s producer plans in using unconventional ideas to promote Nepathya’s awaited album, due to be released early September. “We are trying to use mediums which are under public domain and not under the domain of few individuals.” Said Kiran Krishna Shrestha of nepa~laya. “We are trying to open up public interaction with the band as much as possible.” The album comes at a time when the music market is suffering in Nepal. With physical sales going down and piracy picking up, Nepali music has seen a steep down fall in terms of physical sales. “We are aware of the fact that the market of physical sales is very poor, but we believe it will revive. It is not that there are no listeners, the problem lies in reaching the albums to the potential buyers.” Said Kiran. “There is a serious hole in music distribution system but I am optimistic it will improve once few good albums come to the market and people start demanding for it.” The current Nepathya album is being taken as Nepathya’s come back to main stream music after 7 years since it’s acclaimed album Bhedako Oon Jasto. With two social albums (Ghatana and Mero Desh) thereafter, Nepathya and Amrit has been involved with peace concert tour through Nepal during war, when people were reluctant to travel. Nepathya’s 9th album (title of which is still kept a secret), consist mainly of folk-rock numbers. The album is all set to be released in early September.
-
today's.program.highlights

Aradhana
Time: 05:00:00-05:45:00
Presenter: Harihar
Music type: Bhajans
Language: Nepali
Paluwa
Time: 06:00:00-07:00:00
Presenter: Safar
Music type: Pop/Aadhunik
Language: Nepali
Fast Forward
Time: 10:00:00-11:00:00
Presenter: Sambridhi
Music type: Hindi Soundtrack (Latest)
Language: Nepali
Sure Shot
Time: 11:00:00-12:00:00
Presenter: Suresh
Music type: Nepali Pop
Language: Nepali
Anurodh.com
Time: 16:00:00-17:00:00
Presenter: Alok
Music type: Nepali Pop
Language: Nepali
-
fresh.interviews
Gopal Yonjan Bishesh
- Nagendra Thapa
Listen Now!!!
Coca Cola Ko Naulo Saugat with Ravi Thapa
- Rupak Dotel
Listen Now!!!
Coca Cola Ko Naulo Saugat with Ravi Thapa
- Koshish Chhetri
Listen Now!!!
-
naulo.dhun.on.hitsfm
Joga le hunchha bhet
- Nepathya
Listen Now!!!
Jindagi ko Goreto ma
- Santosh Lama
Listen Now!!!
Parkhaima Din Bityo
- Uday and Manila Sotang
Listen Now!!!
-
pick.of.the.pack
Like It's Her Birthday
- GOOD CHARLOTTE
Listen Now!!!
Sweet Like Cola
- LOU BEGA
Listen Now!!!
2012(It Ain't The End)
- JAY SEAN FT. NICKI MINAJ
Listen Now!!!




Hits SMS

