entertainment.updates

रामकृष्णको "आफ्नै शैली" अन्तीम चरणमा
गायक रामकृष्ण ढकालको नया एल्वम "आफ्नै शैली" शैली को कार्य अन्तीम चरणमा पुगेको छ । जसको लागी उनी आउदो हप्ता मुर्म्बई मिक्सिङको लागी जादैछन । भरखरै मात्र अमेरिका भ्रमणबाट फर्किएका रामकृष्ण ढकाल अमेरिकाको कार्यक्रम सफल भएको बताउछन । उनि अहिले अर्कोपनि एल्बमको तयारीमा रहेका छन जुन एल्वमको कार्य पनि शुरु भई सकेको छ ।
अनिल शाहीको "भैरवी" लोकार्पण
२०६७ साल जेष्ठ १० गते एक समारोहका विच अनिल शाहीको म्युजिक नेपालद्धारा प्रस्तुत गरिएको नविनतम साङ्गगीतिक फ्युजन धुनहरुको एल्बम "भैरवी"लोकार्पण गरियो ।
सुगम छैठौ एल्वमको तयारीमा
गायक सुगम पोख्रेल आफ्नो छैठौ एल्वमको तयारीमा जुटेका छन । उनका अनुसार यस एल्वममा सबै गीतहरु नेपाली लोक शैलीमा हुनेछन ।
पलेँटीमा रविन शर्माको पहिलो एकल गायन
नेपालयको 'आर'शालामा हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रवार हुँदै आएको साँगीतिक कार्यक्रम पलेँटीमा यसपाली रविन शर्माको स्वर गुञ्जने भएको छ । गायक रविन शर्मा आफ्नो जीवनको पहिलो एकलगायनको साँझलाइ प्रभावशाली बनाउन 'आर' शालाभित्र पलेँटीका वाद्यवादकसित अभ्यासमा जुटिरहेका छन् ।
रेखा शाह छैठौ एल्बमको तयारीमा
रेखा शाहको छैठौ एल्बमको तयारी भै रहेको छ । यस एल्बममा भुपेन्द्र खड्काको शब्द र राजु सिंह, कालि प्रसाद बास्कोटा, वीवी अनुरागी, सुगम पोख्रेल, हरि लम्साल आदि को सङ्गीत रहने छ । अहिले अरेज्मेंट र सङ्गीत भर्ने कार्य भै रहेको छ ।
भुपेन्द्र खड्काको सात वर्ष पछी नया एल्बम
गीतकार भुपेन्द्र खड्काको सात वर्ष पछी नया एल्बम "उपाधि" बजारमा आउदै छ । उक्त एल्बममा सत्य र स्वरूपले सङ्गीत तथा आवाज दिएका छन् । यो एल्बम २०६७ साल को दशैं भित्रमा निकाल्ने तयारी स्वरूप तिन वटा गीत हरु तयार भैसकेका छन् भने अन्य गीत हरुको कार्य तदारुकता का साथ् चलिरहेको छ ।
रेखा थापा ब्राण्ड एम्बास्डर
काठमाडौको गौशालमा रहेको नव स्थापित पिरामिड इन्टरनेशनल उच्च माध्यमिक विध्यालय एण्ड कलेजले नायिका रेखा थापा र अन्तराष्ट्रिय स्तरमा ख्याती फुटवल खेलाडी एव राष्ट्रिय फुटवल टिमका पूर्व कप्तान हरि खड्कालाइ आज २०६७ साल जेष्ठ ६ गते व्राण्ड एम्बास्डर का रुपमा प्रस्तुत गरेको हो ।