entertainment.updates

राजेन पाण्डे नया गीति तयारीमा
गायक राजेन पाण्डेको 'आर्टिस्ट' नामक गीति संग्रह खुबै चले पछी उनी फेरी अर्को गीति संग्रहको तयारीमा जोडतोडका साथ लागि परिरहेका छन् | सो संग्रहको सङ्गीत संयोजनको सम्पूर्ण कार्य सकिसकेको उनले जनाएका छन् ।
नविन के भट्टराईको अस्ट्रेलिया तयारी
आउँदो जुन २०१० मा अस्ट्रेलियामा एउटा महत्त्वपूर्ण सांगीतिक कार्यक्रमको लागि नविन के भट्टराई अस्ट्रेलिया जाँदै छन् । गायक भट्टराई त्यसको तयारीमा जुटिसकेको बताउछन ।
नारायण गोपाल युवा सङ्गीत पुरस्कार प्रदान
नारायण गोपाल सङ्गीत कोषले नारायण गोपालको स्मृति दिवसको अवसर पारेर २०४८ साल देखि प्रदान गरिंदै आएको नारायण गोपाल युवा सङ्गीत पुरस्कार यस वर्ष आनी छोइंग डोल्मा र शिशिर योगीलाई संयुक्त रुपमा प्रदान गरेको छ । शिशिर योगी अहिले निक्कै चर्चा मा भएका गायक हुन् । उनका हरेक जसो गीतहरु सङ्गीत पारखीहरुले मन पराइरहेका छन् । साथै उनी आजभोलि निक्कै ब्यस्त पनि छन् ।
धर्मेन्द्र सेवान तयारीमा जुटे
धर्मेन्द्र सेवान आफ्नो नयाँ एल्वमको तयारी मा छन् । यो नया एल्वमको संगीत संयोजनको सम्पूर्ण कार्य लगभग पुरा भई सकेको छ , उनी नेपाली ताराको उपविजेता पनि हुन ।
दिव्य सुब्बा र दि ब्लु एसिडको पहल
२०६६ फागुन १५ सम्ममा दिव्य सुब्बा र दि ब्लु एसिड समुहको संयुक्त पहलमा नयाँ एल्वम बजारमा आउँदैछ । यो एल्वमलाई रियाज म्युजिकले बजारमा ल्याउन लागेको हो । दिव्य सुब्बाले यो सहकार्य भन्दा पहिला दुइवटा सोलो एल्वम "प्रयास र परिवर्तन" बजारमा ल्याई सकेका छन् ।
१७ वर्षपछि गायक जोनको उपहार
१७ वर्षपछि गायक जोनले पुन अब नया एल्वम निकाल्ने तयारी गरि रहेका छन । रित्तो सड्कमा बोलको गीत गाएर निक्कै ख्याति कमाएका गायक जोनले एल्वमको नामाकरण समेत गरिसकेका छन्..."सधै भरी "।
कर्मा व्याण्ड पनि तयारीमा
अबको लगभग ५ /६ महिना भित्रमा कर्मा व्याण्डले आफ्नो पाँचौं एल्वम बजारमा ल्याउने तयारी गरि रहेका छन । उनीहरुले तयारी स्वरुप कम्पोजिसन को सबै कार्य सकि सकेका बताउँछन् । उनीहरुको हुक्का, एसएमएस, कर्मा पछिको यो पाचौं एल्वम हुनेछ । कर्मा व्याण्डले २०६५ सालको हिट्स एफएम म्युजिक अवार्डसको कार्यक्रममा आफ्नो प्रस्तुती प्रत्यक्ष प्रस्तुत गर्दा दर्शकहरुले खुबै मन पराएका थिए ।