know . your . fav .artist

संगीतकार शक्ति बल्लभ

नाम : शक्ति बल्लभ श्रेष्ठ
जन्म मिति : बिक्रम सम्बत २०१५ माघ २३ गते
ठेगाना : भिमेश्वर नगरपालिका वडा नं १ चरिकोट बजार दोलखा
पारिवारिक पृष्ठभूमि : पिता लक्ष्मी कुमार श्रेष्ठ, माता खड्ग कुमारी श्रेष्ठ पत्नी निशा श्रेष्ठ, छोरा रजर श्रेष्ठ, छोरि स्नेही श्रेष्ठ
पत्राचार ठेगाना : ओमकार मार्ग - ३५ कामपा वडा नं ३४ बानेश्वर, काठमाडौँ
शैक्षिक योग्यता : बिए अर्थशास्त्र 
संगीत शिक्षा : पुर्बिय सास्त्रीय सांगेत - स्व. उस्ताद चेतनाथ शर्मावाट  संगीत निर्देशन अम्बर गुरुङ बाट

सांगीतिक क्रियाकलाप
संगीत निर्देशन गरेका चलचित्रहरु
आँधिबेरी, चोखोमाया, पृथ्वी, सिमाना, हत्या, प्रतिक्षा, अवतार, आमाको माया, देउराली, जमिन,राजकुमार, रणभूमि, शंकर, परेली, रानीखोला, हथियार, बदिनी, पराइ घर, देवदुत, कस्तो सम्झौता, दोधार, घर संसार, मायाको जालमा, ग्रहण, बसाईं, भुतुक्कै भए नि, नयाँ सडक (भिडिओ चलचित्र ), नमस्ते काठमाडौँ (टेलि सिरियल), चमेली (मैथिली टेलि सिरियल), पल्लो घर को झ्याल (टेलि सिरियल)   समेत गरि ३० वटा

क्यासेट तथा सिडी एल्बम

आधुनिक
पिढी, मायाको याम, अजम्बरी, अनुभूति, लाख बधाई, हल्कारा, प्रस्ताव, प्रतिबद्ध, मायाको रंग, मेरा गुनगुनाई हरु, मनको अभिलाषा, मायेई पियारो, माधुर्य, आकांक्षा, फूलमाथि शित समेत गरि १९

गजल

गजल, अनमोल मोति, सप्तक, आहत र बिषकन्या गरि ५

राष्ट्रिय गीत

धरती र धुन, भूगोल र भावना र माटो र मुटु गरि ३

बाल गीत

सप्तरंगी, रंगीचंगी फुल र ढुलुमुलु समेत गरि ३

अन्य

हिट्स अफ शक्ति बल्लभ

संगीतको शुरुवात

सानै उमेर देखि गायन र बादन शुरुवात २०३२/३३ साल देखि संगीत शृजना शुरु .
प्रथम संगीत रेकर्दिंग
सम्झनै शम्झाना छ .... रेडियो नेपाल २०३५ साल ( रचना डा. दिर्घ सिंह बम स्वर प्रताप अधिकारी

रेडियो नेपाल ले दिएको श्रेणी
प्रतिष्ठित संगीतकार

बिबिध प्रकारका गीत रकर्दिंग ७०० भन्दा बढी

गायकको रुपमा

प्रथम गजल रेकर्दिंग : चाँदनी रातमा ... राजेन्द्र पौडेल - म्युजिक नेपाल २०३८/३९
प्रथम भिजुयल रेकर्दिंग : पोखियर चन्द्रमाको ... शरद समन नेपाल टेलिभिजन
क्यासेट एल्बम : गजल (एकल गायन), पिढी, सप्तक (एकल गायन), अजम्बरी, मायै पियारो, प्रस्ताव, अनमोल मोति, आहत, बिषकन्या
पार्श्व गायन चलचित्र : चोखो माया, आमाको माया, हत्या,देउराली, कस्तो सम्झौता, नया सडक

केहि लोक प्रिय गीत हरु
गीत को बोल                                          रचना कार                    गायक /गायीका
१. आफैलाई भार भयो आज आफ्नै जिन्दगि       प्रकाश अधिकारी             रबिन शर्मा
२. चन्द्रमा र चखेवाको मिलन कहिले                 प्रभु पराजुली                  पबित्र शुब्बा
३. म पनि त उनैको आशमा                              कोमल पाण्डे                  प्रकाश श्रेष्ठ
४. उडु कि गुडु म ए चरी                                   यादव खरेल                  कविता कृष्णमुर्ति
५. ऐनै ऐनाको रहेछ यो मेरो घर                        अजनवी शाह                  रबिन शर्मा
६. सप्तरंगी फुल फुल्यो बन भरि                       रत्न शमशेर थापा            साधना सरगम
७. चुमेर सुगन्धि फुल लोलाई दिन्छ                  रत्न शमशेर थापा            प्रकाश/सुक्मित
८. जानी नजानी तिमीले के दियौ                       राजेन्द्र पौडेल                 कुमार सानु/कविता
९. फुल फूलमा पात पातमा                               दिनेश अधिकारी             साधना सरगम
१०. उकाली ओराली गर्दै                                  रत्न शमशेर थापा            सोनु निगम
११. फुलको डाली डालीमा तिम्रो रुपको                रत्न शमशेर थापा            सोनु / पुर्णिमा 
१२. दुइ चुल्ठी बाटेर सोह्र साल                          राजेन्द्र पौडेल                  पुर्णिमा
१३. देउराली हो जिन्दगि                                  दिनेश अधिकारी              शक्ति बल्लभ
१४. बिहानी पहिलो किरण सरि                          भुषण खरेल                     आनन्द कार्की
१५. खोला वारी खोला पारी                               मदन कृष्ण श्रेष्ठ               मदन कृष्ण श्रेष्ठ
१६. खुशी छु  म आज तिमि भन्दा                      दिनेश अधिकारी                बिनोद राठौर
१७. त्यो सानो गाउँको जन्मेको ठाउंको               बि.बि.थापा                        थुप्देन
१८. यी सानै उमेर देखि मन हार्न लागे                स्व.मोतीराम भट्ट                 शक्ति बल्लभ
१९. लाग्छ मन हेरी रहू एकनास तिमीलाई           ध्रुब रत्न तुलाधर                 आनन्द कार्की
२०. रक्सि बेचे आलु बेचे                                   दिनेश अधिकारी                 सर्मिला बर्देवा
२१. धड्कन भित्र लुकाई देउन                            एस्पी कोइराला                   उदित र साधना
२२. सारंगी त रेटे पनि बोल्छ मिठै धुन                 माधव घिमिरे                    शिशिर योगी

राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक, पुरष्कार र सम्मान 

१.   नारायण गोपाल, युवा संगीत पुरष्कार - २०५२    
२.  छिन्नलता गीत पुरष्कार - २०५३ 
३.  वातावारनिया गीत प्रतियोगिता प्रथम स्थान - २०४५ ( ग्रुप)
४.  कृषि बिकाश बैंक कर्मचारी संघ द्वारा अभिनन्दन - २०५४
५.  म्युजिक नेपाल एवार्ड - २०५३  (चलचित्र सिमाना बिशेष स्वर्ण पदक )
६.  सिम्फोनिक गोल्डन माइक - २०५५ 
७.  सिम्पल आर्ट  सम्मान बानेश्वर २०५६  
८.  क्रियसन अवार्ड - द अप्रिल आर्ट फेस्टिवल सन् २००० (डि.पी.आर.  कोरिया )
९.  प्रवल गोर्खा दक्षिण बाहु - २०५७ 
10. दोलखा कला प्रतिभा सम्मान - २०५७ 
११. कृषि बिकाश बैंक,  नेपाल वित्तीय संस्था कर्मचारी संघद्वारा सम्मान - २०५७
१२. ख्वप: संगीत पुच : भक्तपुर द्वारा सम्मान - २०५७ 
१३. प्रतिभा कला मन्दिर काठमाडौँ द्वारा अभिनन्दन - २०५८
१४. नारायण गोपाल राष्ट्रिय प्रतिभा पुरस्कार - २०५८ 
१५. राष्ट्रिय चलचित्र सम्मान - २०५९ 
१६. लालीगुराँस समाज द्वारा सम्मान - २०६०
१७. हारती सम्मान - २०६१
१८. आमा घर नेपाल द्वारा अभिनन्दन - २०६१ 
१९. मितेरी मंच नेपालद्वारा सम्मान - २०६१ 
२०. एम.डि.एफ. नेपाल द्वारा सम्मान - २०६१ 
२१. ने.क.पा. (एमाले) दोलखा द्वारा सम्मान - २०६१ 
२२. फोकश एड नेपाल द्वारा कदरपत्र - २०६३ 
२३. कृषि बिकाश बैंकद्वारा कदरपत्र - २०६४ 
२४. मोतीराम सेतुराम गजल पुरष्कार - २०६७ 
२५. क्रियटिभ राष्ट्रिय सम्मान - २०६७ 
२६. हिट्स एफ एम म्युजिक अवार्ड - २०६७ 

अन्तराष्ट्रिय सहभागिता 

१. विश्व वातावारनिय गीत सम्मेलन (एसिया प्यासिफिक ), जुन १९ १९८५ बैंकक थाइलैंड
२. द अप्रिल स्प्रिंग आर्ट फेस्टिबल अप्रिल २०००,   (डि.पी.आर.  कोरिया )
३. सार्क  म्युजिक प्रोग्राम १२ सार्क सम्मेलन जनवरी २००४ पाकिस्तान 
४. भारत 
५. चिन
६. कतार 

अन्य 

१. नेपालका विविध साहित्यिक  पत्र पत्रिकाहरुमा २ दर्जन भन्दा बढी काब्य रचनाहरु प्रकाशित भएका छन 
२. व्यक्तिगत रुपमा संगीत सम्बन्धि प्रशिक्षण एबं संगीत सम्बन्धि लेख रचनाहरु प्रकाशित भएका छन